देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारले माग्यो २० नेपाली कामदार

देशान्तर

काठमाडौं – कतारको अल हटाव ट्रेडिंग कन्ट्रैक्टइन्फ र रियल ईस्टेट डब्यु एल एल कम्पनी २० नेपाली कामदारको माग गरेको छ । कम्पनीले १० जना लेबर, ५ जना रेनफोर्स फिटर र ५ जना कारपेन्टर गरी २० जना कामदारको माग गरेको हो ।

जसको तलब खान बस्न सहित ३२ हजार देखि ३५ हजारसम्म रहेको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै वार्षिक कमिसन बिदाको पनि व्यवस्था गरिएको छ । त्यस्तै कामदारका लागि ओभर टाइमको पनि व्यवस्था गरिएको छ । कामदारको करार अवधि २ वर्षे रहेको छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।