देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै प्रचण्ड–माधव समूहको नाराबाजी

देशान्तर

काठमाडौ । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा ( प्रचण्ड–माधव समूह ) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरेको छ .

आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।