देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८८ हजारभन्दा बढी फ्रन्टलाइनरले लगाए कोरोना खोप

देशान्तर

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानको पाँचौ दिनसम्म देशभर ८८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ८८ हजार ७ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाँचौ दिन सम्म प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८२, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६९, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप लगाएपछिको असर बारे पुष्टि गरेर मात्र समाचार प्रकासित गर्न आग्रह गरेको छ ।

साथै पछिलो चरणको प्राथमिकतामा परेकाहरुले काउन्सिलको दर्ता प्रमाणपत्र, आधिकारिक परिचय पत्र, संस्थाबाट प्रमाणीकरण गरेका विवरण र अन्य समुहको हकमा सम्बन्धित कार्यालयको सिफारिसपत्रसहित सम्बन्धित स्वास्थ्य कार्यालयमा नाम दर्ता गरेर पाँच दिन भित्र खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।