काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१० र ९२ ) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन ।
अघि भने, केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले । त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ । त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन् ।
प्रतिक्रिया