देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

देशान्तर

काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ

गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल पछाडि बस्ने पर्वतको महाशीला गाउँपालिका ३ का गौतम अधिकारीको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ