देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई बेवास्ता गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले प्रचण्ड–नेपालको स्वागत गरे

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड -नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् ।

आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए ।

उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको शून्य सहभागिता थियो ।