काठमाडौं । नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो ।
तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।
ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदा लतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए ।
प्रतिक्रिया