काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाइ सुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाइ हुँदैछ
प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका थिए ।
आज नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङसहित चार जनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदैछ । आज कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित चार जनाले बहस गर्नेछन् । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो ।
आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ सुरु हुनेछ ।
प्रतिक्रिया