देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रष्टाचार अभियोगमा नापी अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवे समेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पुर्‍याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्य रु नौ लाख ८३ हजार ७०० कायम गरेको पाइएको छ ।

जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी आफू गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार आयोगले उनीहरु विरुद्ध रु नौ लाख ८३ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।