काठमाडौं – नेप्सेको उच्च बृद्धिदर रोकिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार १६ दसमलव ५५ अंकले घटेर २४ सय २५ दसमलव २९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३२ अंकले घटेर चार सय ४२ दसमलव छ बिन्दुमा झरेको छ । दुई सय नौ वटा कम्पनीहरुको ८२ हजार तीन सय ५२ पटकको कारोवारमा दुई करोड २१ लाख ५३ हजार नौ सय ८१ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार एक सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा हुंदा नौ वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव आठ अंकले घटेर १७ सय ११ दसमलव ६३ बिन्दुमा झर्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् । निर्जिवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १७ सय २७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य छ दसमलव ७८ प्रतिसतले घटेर ११ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २३ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड ६३ लाख ९८ हजार नौ सय ९१ रुपैयाँको सेयर कारोवार भएको छ ।
प्रतिक्रिया