देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुलिसलाई पराजित गर्दै एपीएफ क्लब पिएम कपको फाइनलमा

देशान्तर

काठमाडौँ – सशस्त्र प्रहरीको एपीएफ क्लब जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनलमा पुगेको हो । एपीएफ क्लबले दिएको २०४ रनको लक्ष्य पछाएको पुलिस क्लब ४९.२ ओभरमा अल आउट हुदै १७३ रन बनाएको हो ।

पुलिस क्लबका लागि पवन सराफले सर्बाधिक ४० रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३३, रशिद खानले ३४ रन, अनिल शाहले २१, आरिफ सेखले १६ तथा सागर ढकालले ११ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर भुवन कार्कीले ४ विकेट लिए भने, कमल ऐरी, अविनाश बोहोरा र शरद भेस्वाकरले २(२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको थियो । एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको हो ।एपीएफका लागि शंकर रानाले सर्बाधिक ४४ रन बनाएका थिए भने भुवन कार्कीले ४२ रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोराले ३४ रनको योगदान दिए भने सुबास खकुरेल र कमल ऐरीले १९-१९-१९ र कप्तान शरद भेस्वाकरले १८ रन बनाए । त्यस्तै अविनाश बोहोराले अविजित ११ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर आरिफ सेखले ३ विकेट लिएका थिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २(२ विकेट लिएका थिए । त्यस्तै रशिद खान र सागर ढकालले एक एक विकेट लिएका थिए ।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच विहिबार खेल हुने छ । पिएम कपको फाइनल खेल आगामी शनिबार हुदै छ ।