देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुधबार १८ दसमलव ७६ अंकले बढ्यो नेप्से

देशान्तर

काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार १८ दसमलव ७६ अंकले बढेर २४ सय ४१ दसमलव ८५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ८६ अंकले घटेर चार सय ४६ दसमलव ३८ बिन्दुमा झरेको छ ।

आज दुई सय आट वटा कम्पनीहरुको ५९ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ५२ लाख ८९ हजार दुर्ई सय ५९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम आठ अर्ब ६२ लाख ३८ हजार सात सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये पाँच वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन् । सो मध्ये पनि बाँणिज्य बैंक समुहको सुचक १० दसमलव १२ अंकले घटेर १७ सय ५२ दसमलव ७१ बिन्दुमा झरेकोमा बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने चार सय ६४ दसमलव ६८ अंकले बढेर १२ हजार एक सय ५१ दसमलव ७८ बिन्दुमा चढेकोमा जीवन बीमा, लघुबित्त, ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर २४ सय ११ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने सात दसमलव पाँच प्रतिसतले घटेर दुई सय ७७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारमा आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २४ सय ११ रुपैयाँ अन्तिम मुल्यमा ९३ करोड २९ लाख ४१ हजार सात सय तीन रुपैयाँको कारोवार भएको छ ।