देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, निश्चिन्त भएर खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह

देशान्तर

sf]le8lj?4sf] vf]k nufpFb} :jf:YosdL{ ndh’ª, !$ df3M lhNnf c:ktfn ndh’ªsf] a]F;Lzx/df a’waf/ lrlsT;s z/0f lnDa’nfO{ sf]le8lj?4sf] vf]k nufpFb} c:ktfnsf :jf:YosdL{ lgd{nf v8\sf . ndh’ªdf klxnf] r/0fcGtu{t Ps xhf/ %&) hgfnfO{ vf]k nufOg] 5 . tl:a/M hgs >]i7÷/f;;

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । आज (बुधबार)देखि कोभिड– १९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूका लागि खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब चार लाख ५० हजारजनाले खोप लगाउन पाउनेछन् । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरूले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बाँस्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरूलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।

sf]le8–!( lj?å vf]k nufpFb} :jf:YosdL{ tgx’F, !$ df3M bdf}nLdf a’waf/ sf]le8–!( lj?4sf] vf]k nufpFb} lhNnf :jf:Yo sfof{no tgx’Fsf :jf:YosdL{ . lhNnfsf] bz kflnsfdf sl/a Ps xhf/ ;ft hgf :jf:YosdL{nfO{ pQm vf]k lbg] tof/L ul/Psf] 5 . tl:a/M ;fg]axfb’/ g]kfnL÷ /f;;

काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ । शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।

यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।

कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमै खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।