देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाइडेन पुटिन टेलिफाेन वार्ता

देशान्तर

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच टेलिफोन वार्ता भएको छ । सो अवसरमा दुई देशबीचका सबै मुद्दामा खुलस्त कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई समेत दिनुभएको छ । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप बारेमा पनि कुरा उठाएको बाइडेनको कार्यालयले जनाएको छ ।

साथै रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष दिइएको र उनका समर्थकहरुको प्रदर्शनमा मस्कोमा भएको ब्यापक दमनबारे पनि अमेरिकाले असन्तुष्टि जनाएको छ । अमेरिकी सरकारी तथा ठूला निजी फर्महरुमा रुसले साइबर आक्रमण गरिरहेको अमेरिकाको आरोप छ ।

दुई देशबीचको परमाणु सम्झौतामा सक्रिय रहेका केही प्रावधानबारे पनि दुई समकक्षीबीच कुराकानी भएको छ । पुटिनसँगको कुराकानीमार्फत बाइडेनले विश्वमा रुसी गतिविधिमाथि अमेरिकाले सधैं निगरानी गरिरहने सन्देश दिएका छन् ।

यसअघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुससँग प्रभावित भएको जानकारहरुले बताउँदै आएका छन् । त्यसअघिका राष्ट्रपति बाराक ओबामाले पनि रुससँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको कतिपयको ठहर छ । हालका राष्ट्रपति बाइडेन ओबामा सत्तामा रहँदा उपराष्ट्रपति थिए ।