देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

देशान्तर

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बेस्टब्रुममाथि ५–० गोलको फराकिलो जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीले १९ खेलबाट ४१ अंक बनाउँदै शीर्ष स्थानमा उक्लदा समान खेलबाट ४० अंक भएको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा झरेको छ ।

रेलिगेसन जोनमा संघर्षरत वेष्ट ब्रुममाथि ५–० गोलअन्तरको फराकिलो जितसहित म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार रातिको खेलमा सिटीका लागि गुन्डोगानले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी २० औं मिनेटमा जोआ क्यान्सेलोले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो ।

लगातार आक्रामक खेलेको सिटीका लागि ३० औं मिनेटमा गुन्डोनाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । रियाद मेहेरेजले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेपछि सिटीले पहिलो हाफमै ४–० को अग्रता बनायो ।

दोस्रो हाफमा पनि सिटीले एक गोल थपेको थियो । सिटीका लागि रहिम स्र्टलिङले ५७ औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाउन सहयोग गरे । जारी सिजनमा वेस्टब्रोम भने रेलिगेशन जोनमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले साउथ ह्याम्पटनमाथि ३–१ गोलको जित दर्ता गरेको छ । त्यसैगरी लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दा वेस्टह्यामले क्रिष्टल प्यालेसमाथि ३–२ गोलको जित दर्ता गर्न सफल रह्यो ।