देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से झण्डै १८ अङ्कले घट्यो

देशान्तर

काठमाण्डौ – केही दिनयता लगातार उकालो लागेको शेयर बजार मङ्गलबार भने घटेको छ । नेप्से मङ्गलबार १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा झरेको छ । होटल र फाइनान्स समूहको बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

मङ्गलबार व्यापार समूहको शेयर ९२ अङ्कले, विकास बैंकको २९ अङ्कले, बैंकको झण्डै सात अङ्कले, जलविद्युतको २७, निर्जीवन बीमाको ९८, उत्पादनको ४१, अन्यको २६, माइक्रो फाइनान्सको ५९ र जीवन बीमा समूहको शेयर ४१ अङ्कले घटेको छ । मङ्गलबार दुई सय सात कम्पनीका एक करोड ९६ लाख ६ हजार कित्ता शेयर आठ अर्ब २७ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । मङ्गलबार आठ वटा कम्पनीका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि गुराँस लघुवित्त, युनाइटेड फाइनान्स र प्रभु इन्स्योरेन्सका शेयरधनीले भने नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।