देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक व्यापारमा ‘राष्ट्रिय एकद्धार प्रणाली’ सुरु, तीनवटा निकायको सेवा एकै ठाँउबाट

देशान्तर

काठमाडौं – वैदेशिक व्यापारलाई सहजीकरण गर्न आजदेखि राष्ट्रिय एकद्वार प्रणाली’ सुरु भएको छ। ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सरकारले आजदेखि उक्त प्रणाली सुरु गरेको हो।

यो प्रणालीअनुसार पहिलो चरणमा वैदेशिक व्यापारमा तीनवटा विभिन्‍न सरकारी निकायले एकै ठाँउबाट सेवा दिनेछन्। सुरुवाती चरणमा खाद्य प्रविधि तथा गुण नियन्‍त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्‍वारेन्टाइनले एकै ठाँउबाट सेवा दिनेछन्।

यी कार्यालयबाट डिजिटल सेवासमेत सुरु भएको छ। एकद्वार प्रणाली लागु भएपछि वैदेशिक व्यापार सहज र सरल तरिकाले हुने विभागले जनाएको छ ।