देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोटनह्याम एफ ए कप फुटबलको पाँचौं चरणमा

देशान्तर

टोटनह्याम एफ ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब बीकोम्ब वोन्डरर्सलाई ४–१ गोल अन्तरले हराउँदै टोटनह्यामले पाँचौं चरणको यात्रा तय गरेको हो ।

२५ औं मिनेटमा घरेलु टोली वोन्डरर्सका लागि फ्रेड अनयेडिन्माले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ग्यारेथ बेलले गोल गरेपछि टोटनह्याम खेलमा फर्किएको थियो । बेलले लुकास मौराको पासमा गोल गर्दैै बराबरी गरेका थिए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा टोटनह्यामले बाँकी तीन गोल दोस्रो हाफमा गरेको हो ।

उसले अन्तिम ७ मिनेटभित्र तीन गोल थपेको थियो । ८६ औं मिनेटमा हेरि विन्क्सले गोल गरेपछि टोटनह्यामले २–१ को अग्रता बनायो ।

त्यसको एक मिनेट पछि नै डेम्बेलेले गोल गर्दै अग्रता ३–१ मा पुगेको थियो । यसैगरी दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दा टिमका लागि चौथो गोल भएको थियो ।