देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घन्टामा ३ सय ३९ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।