देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै होबार्ट हुरीक्यान्स विजयी

देशान्तर

काठमाडौँ – बिग बाश लिग अन्तर्ग होबार्ट हुरीक्यान्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा हुरीक्यान्सले सिड्नी सिक्सर्सलाई ७ रनले पराजित गरको हो । हुरीक्यान्सले दिएको १८९ रनको लक्ष्य पछाएको सिड्नीले २० ओभरमा ८ विकेट गुमाउदै १८१ रन बनाएको थियो । यस अघि हुरीक्यान्सले २० ओभरमा ८ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

यो जितपछि हुरीक्यान्सले ४ अंक हासिल गर्दै बिग बाश लिगको पाँचौ स्थानमा उक्लिएको छ । हुरीक्यान्सको १३ खेलमा २७ अंक भएको छ । अब लिगमा एक खेल खेल्न बाँकी रहेको हुरीक्यान्सले प्लेअफमा ठाउ सुरक्षित गर्न अन्तिम खेलमा जित्नै पर्ने भएको छ । जारी बिग बाश लिगमा पर्थ स्कोर्सर्स र सिड्नी सिक्सर्स यस अघि नै प्लेअफमा पुगी सकेका छन् ।

सन्दीपको लगातार उत्कृष्ट प्रदर्शन

सन्दीपले यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन दिएर २ विकेट लिएका हुन् । सन्दीपले अघिल्लो खेलमा पनि २ विकेट लिएका थिए । जारी बिग बाश लिगमा सन्दीपले अहिलेसम्म ७ खेल खेल्दै ८ विकेट लिएका छन् । आजको प्रदर्शन सन्दीपको यस सिजनको उत्कृष्ट प्रदर्शन हो ।