देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय महिला लिग : एपीएफको दोस्रो जित

देशान्तर

काठमाडौं – विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।

विराटनगरको यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो । लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।