काठमाडौ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को स्थायी समिति बैठक सुरु भएको छ।
दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिए। उनले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने जानकारी दिए।
‘आजको बैठकमा ओलीलाई सोधिएको स्पष्टीकरण, शुक्रबारको विरोधसभा, र आन्दोलनका थप कार्यक्रमा मुख्य एजेन्डा रहेका छन्। माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
प्रतिक्रिया