देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफए कपः म्यान्चेटर सिटी विजयी

देशान्तर

एफए कप फुटबलको चौथो चरणको खेलमा म्यान्चेटर सिटी विजयी हुँदा आर्सनल पराजित भएको छ । म्यान सिटीले लिग टु को चेल्टेनह्याम टाउनलाई ३–१ ले पराजित गर्‍यो ।

खेलमा चेल्टेनह्यामका अल्फी मे ले पहिलो गोल गरे । तर सिटीका फिल फोडेन, ग्याब्रियल जिसस र फेरान टोरेसले एक एक गोल गर्दै टोलीलाई पुनरागमन गराए । जितसँगै सिटीले स्वान्सी सिटी विरुद्धको पाँचौ चरणको खेल तय गर्‍यो । स्वान्सी सिटीले गएराति नटिङ्घम फरेष्टलाई ५–१ ले हरायो ।

एफए कपकै अर्को खेलमा साउथह्याम्पटनले आर्सनललाई १–० ले हराएको छ । खेलको २४ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियलले आत्माघाति गोल गरेपछि साथह्याम्पटन १–० ले विजयी भएको हो । यसैगरी डोन्कास्टरलाई ४–० ले हराउँदै वेष्ट ह्याम युनाईटेड तथा प्लाईमाउथलाई २–१ ले हराउँदै शेफिल्ड युनाईटेड पनि प्रतियोगिताको पााचौ चरणमा प्रवेश गरेका छन् ।