काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरुको विवरण आजसम्ममा सूचीकृत गर्नुपर्ने भएको छ । खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको र आजसम्ममा १ लाखभन्दा धेरै व्यक्ति सूचीकृत भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र पालिकामा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगइन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन मन्त्रालयले निर्देशन दिइएको थियो । भारत सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड अस्ति बिहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको छ ।
प्रतिक्रिया