देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला लिग : मंगलबारसम्मका खेल स्थगित

देशान्तर

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत आजदेखि मंगलबारसम्मका खेल स्थगित गरेको छ । चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।

तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो । यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो । तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।