देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउने सरकारको तयार

देशान्तर

काठमाडौं । नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ । सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । खोपका लागि समूह तयार पारिसकेको उनले बताए ।

उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेका छौँ । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन उनले सबैलाई आग्रह गरे ।