देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश सरकारबारे संसदीय दललाई निर्णय गर्न दिने कांग्रेस सभापति देउवाको प्रस्तावमा शिर्ष नेता असहमत

देशान्तर

काठमाडौं । प्रदेशमा कसलाई समर्थन गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बाग्मतीका केन्द्रीय नेताहरुसँग छलफल गरेका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा भएको छलफलमा देउवाले प्रदेश संसदीय दललाई नै निर्णय गर्न दिने प्रस्ताव गरेका थिए । तर वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, नविन्द्रराज जोशी, गगनकुमार थापा लगायतले बागमती प्रदेशमा ओली पक्षलाई समर्थन गर्ने हो भने मतदातामाझ जान नसकिने बताएका छन् ।

जवाफमा सभापति देउवाले राजनीतिक दलले राजनीतिक रुपमा सोच्नुपर्छ भनेका थिए । उनको आशय ओली पक्षले बागमतीमा मुख्यमन्त्री दिन्छ भने किन नलिने भन्ने थियो । एक नेताका अनुसार उनले प्रदेश १ मा ओली पक्षका शेरधन राईलाई समर्थन गर्ने र बाग्मतीमा मुख्यमन्त्री लिन चाहेको देखिन्छ ।

तर नेताहरुले प्रचण्ड–माधव समूहले मुख्यमन्त्री सहितकै प्रस्ताव ल्याएको स्मरण गराएका छन् । दुबै प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले आलोपालो वा दुईमध्ये एक मुख्यमन्त्री लिन प्रस्ताव गरेको छ ।