देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ३१.८७ अंकले बढेर २ हजार ३७४.६४ बिन्दुमा

देशान्तर

काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज नेप्से ३१.८७ अंकले बढेर २ हजार ३७४।६४ बिन्दुमा पुगेको हो । नेप्से परिसूचक उच्च बिन्दुमा उक्लिएसँगै बजार पूँजीकरण रकममा समेत बृद्धि भएको छ । आज बजार पूँजीकरण रकम ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५३ हजार पुगेको नेप्सेको आँकडामा उल्लेख छ ।

त्यस्तै, ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज २.५९ अंकले बृद्धि भएर ४४५.६० बिन्दुमा उक्लिएको छ । यसदिन कूल २०९ ओटा कम्पनीको कारोबार हुँदा ६९ हजार ३३३ पटक व्यापपार भएको छ भने एक करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर खरिदबिक्री भएको छ । आज कूल ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सर्वाधिक बढी भएको छ । उक्त कम्पनीको ५३ करोड ३३ लाख १२ हजार रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको २६ करोड ६४ लाख ४८ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख ६१ हजार रुपैयाँ र नेश्नल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख ५६ हजार रुपैयाँबढीको शेयर कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ ।

यसदिन २३ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । जसमा सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ९.९७ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त र आशा लघुवित्तको ९.९६ प्रतिशत, गुरासँ लघुवित्त, सुर्योदय लघुवित्त र इन्फिनिटी लकघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशतले बढेको छ ।

बढेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक बढी ६.७० प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्यमा समेत ४.२५ प्रतिशतको गिरावट आएको छ । बिहीबार बैंकिङ समूहको परिसूचक ०.२२ प्रतिशत र म्युचुअल फण्डको परिसूचकमा ०.४३ प्रतिशतले गिरावट आएको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धि भएको छ ।

आजको कारोबारमा बीमा समूह र वित्त समूहको परिसूचक उच्च अंकले बढेको छ । यसदिन निर्जीबन बीमा समूहको परिसूचक सर्वाधिक बढी ४.९६ प्रतिशत, लघुवित्त समूहको ४ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक ३.७७ प्रतिशतले बृद्धि भएको छ । यसैगरी विकास बैंक समूहको परिसूचक १.२४ प्रतिशत, वित्त समूहको २.८४ प्रतिशत, होटल समूहको ०.६२ प्रतिशत, जीवन बीमा समूहको २.७१ प्रतिशत, म्यचुअल फण्ड समूहको ०.४४ प्रतिशत, अन्य समूहको ०.९६ प्रतिशत र व्यापारिक समूहको ०.०८ प्रतिशतले बृद्धि भएको छ ।