देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इटालियन सुपर कपकाे उपाधि युभेन्टसलाई

देशान्तर

इटालियन सुपर कपको उपाधि युभेन्टसले जितेको छ ।

वुधबार राति भएको खेलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले सुपर कपको उपाधि जितेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै गोल युभेन्टसले दोस्रो हाफमा गरेको थियो ।

युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले  ६४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने अबसर गुमायो । उसले पाएको  पेनाल्टीमा लोरेन्जो इसिङनेले गोल नसक्दा बराबरी गर्न अबसर खेर फाल्यो ।

खेलको अन्तिम मिनेटमा युभेन्टसका लागि अल्भारो मोराटाले गोल गर्दा  २–० को जित निश्चित गरेको थियो ।