देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थिक क्षेत्रका सुचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल

देशान्तर

काठमाडौं – अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताएका छन् । बुधबार कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताएका हुन् । कोभिडका कारण राजस्व परिचालनमा केही समस्या भएपनि अन्य आर्थिक सुचकहरु सकारात्मक रहेको उनको भनाई छ ।

उनले कोभिड १९ को बावजुदपनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको पनि बताए। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताए।

यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाई छ । कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषिविकास बैंकले अन्य क्षेत्रम भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनले बताए। कृषिविकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्च मुल्य प्राप्तहुने फलफुलमा कर्जा बिस्तार गर्ने बताए।