काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत एक नायब सुब्बा ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मन्दीपकुमार श्रेष्ठसमेत दुईजना छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट लिएको उक्त रकमसहित पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम लिएको आयोगले जनाएको छ।
प्रतिक्रिया