काठमाडौं – साताको पहिलो कारोवार दिनदेखि लगातार बढेको नेप्सेमा आज मंगलबार भने गिरावट आएको छ । नेप्से आज मंगलबार पाँच दसमलव ५७ अंकले घटेर २३ सय २६ दसमलव ९० बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ८५ अंकले घटेर चार सय ४२ दसमलव ८२ बिन्दुमा झरेको छ ।
नेप्सेमा आज दुई सय छ वटा कम्पनीहरुको ५७ हजार नौ सय ८० पटकको कारोवारमा एक करोड ६३ लाख पाँच हजार एक सय ४१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ४६ करोड ७४ लाख ३९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये ट्रेडिङ, फाईनान्स र जीवन बीमा समुहको सुचकहरु बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन् ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव छ अंकले घटेर १७ सय ३० दसमलव ३२ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि आठ दसमलव १४ अंकले घटेर १७ सय ५६ दसमलव ४७ बिन्दुमा झरेको छ ।
यसैगरी बिकास बैंक, निर्जिवन बीमा, होटल, उत्पादमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रोग्रेसिभ फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात दसमलव ७४ प्रतिसतले घटेर १३ सय रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकिकत्ता २६ सय ८९ रुपैयाँ अन्तिम मुल्यमा ९१ करोड ९३ लाख ८४ हजार एक सय २१ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया