काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।
कर्णालीले राष्ट्रिय प्रतियोगितामा जित निकालेको यो पहिलो खेल हो । गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो ।
जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी सँग ८० रनले पराजित भएको थियो । गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया