देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

देशान्तर

सुनसरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलबार थप एक संक्रमितको मृत्यु भएको छ । ७७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । धनकुटा-४ बस्ने ती महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि धनकुटा जिल्ला अस्पतालले उनलाई प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनलाई पुस १४ गते कोभिड अस्पतालमा भर्ना गरेर पीसीआर जाँच गर्दा पुस १६ गते कोरोना पुष्टि भएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार पहिल्यैदेखि उच्च रक्तचापसम्बन्धी समस्या रहेकी ती महिलालाई करिब तीन सातासम्म भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।