नेपाल क्रिकेट संघ क्यानको आयोजनामा राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि २ वटा खेल हुने भएका छन् । दुवै खेल नौं बजेपछि कीर्तिपुर र मूलपानी मैदानमा शुरुहुने छ ।
कीर्तिपुर मैदानमा प्रदेश दुई र लुम्बिनी प्रदेशकाबीचमा खेल हुने छ । दुवै टोलीको पहिलो खेल भएकाले जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा हुने छन् ।
प्रदेश नम्वर दुई टिमले काठमाडौं आएको २४ घण्टा नवित्दै मैदानमा उत्रिने भएको छ ।
सोमबार मात्र काठमाडौं आइपुगेको प्रदेश २ को पुगेको टिमले एकैपटक मैदानमा गएर खेल्दै छ । प्रदेश दुईले नै ढिलो गरि टिमको घोषणा गर्दा खेलाडीले तयारीको पर्याप्त समय नपाएको गुनासो गरेका छन् ।
प्रदेश २ टिमः सुरज प्रसाद कुर्मी (कप्तान) , हरिशंकर शाह, सुधिर चौधरी, रभी सिंह, बिशाल सुश्लिंग, रभी शाह, हिमांशु दत्ता (विकेटकिपर ), मेहबुब आलम, तिर्थराज दास, कुमार थापा, बिबेक यादव, राहुल प्रताप सिंह, आदील अन्सारी, दिभ्याँशु मलिक, शैफुल्ला अन्सारी छन् ।
प्रदेश २ को टिममा हरिशंकर शाह, रभी शाह, हिमांशु दत्ता, राहुल प्रताप सिंह, बिबेक यादव जस्ता अनुभवी क्रिकेटर हुन ।
टिमको प्रशिक्षक प्रकाश शर्मा रहेका छन् । यस अघि नेपाल पुलिसको प्रतिनिधित्व गरिरहेका विकेटकिपर ब्याट्सम्यान तथा यु १९ राष्ट्रिय क्रिकेटर हिमांशु यो पटक प्रदेश २ बाट खेल्दैछन् ।
लुम्बिनीका टिममा कृष्ण कार्की (कप्तान) सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, सन्दीप सुनार, सन्दीप रजाली, राजविर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल, दिपेन्द्र रावत र अमित तामाङ रहेका छन् ।
उता सोही समयमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । गण्डकी दोस्रो जितको खोजिमा हुँदा कर्णाली भने पहिलो जित निकाल्ने लक्ष्यमा हुने छ ।
प्रतिक्रिया