देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राजिलमा एकै दिन एक हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

देशान्तर

साओ पाउलो – ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

क्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा कोभिड सङ्क्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म ब्राजिलमा कूल सङ्क्रमित भएकाको सङ्ख्या ८४ लाख ५५ हजार ५९ व्यक्ति कोभिड–१९ सङ्क्रमित बनेका छन् ।

एमेजनको राजधानी मानौसस्थित अस्पतालहरूमा विरामीको भार बढ्दै गएपछि विहीबारबाट मेडिकल प्रणालीमा नै चुनौती थपिएको छ । उक्त सहरमा अक्सिजनको अभाव भएको बताइएको छ । अस्पतालमा अक्सिजनको अभाव भई विरामीहरूको सेवामा समस्या भएको भन्दै उनीहरूका परिवारका सदस्य तथा आफन्तहरू सडकमा निस्केर अक्सिजन अभावलाई हल गर्न माग गरिरहेका छन् ।

रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सी–१३० हेर्कुल्समार्फत्  १३ ट्याङ्कर अक्सिजन मानौसमा पठाएको जनाएको छ । स्थानीय अस्पतालमा शैया नभएपछि उक्त सहरका विरामीलाई अन्यत्र लाने व्यवस्था भइरहेको पनि बताइएको छ ।