देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शाहिद कपुरको ‘जर्सी’ को रिलिज दिपावलीमा हुने

देशान्तर

काठमाडौँ – बलिवुड नायक शाहिद कपुरको नयाँ फिल्म जर्सी आउदो दिपावलीमा रिलिज हुने भएको छ । उनले आउदो चलचित्र स्पोर्ट्स ड्रामा चलचित्र ‘जर्सी’ दिपावलीमा रिलिज हुने धोषणा गरेका छन् । शाहिदले आफ्नो सामाजिक संजालमा लेखेका छन्, जर्सी सन् २०२१ नोभेम्बर ५ मा आउदो दिपावलीको मौका पारेर सिनेमाघरहरुमा रिलिज हुनेछ ।

यस्तो यात्रा जसमा मलाई गर्व छ र यो टिमको लागि हो । ‘जर्सी’ मा शाहिदसँग मुख्य नायीकामा मृणाल ठाकुर पनि छिन् । निर्देशक गौथम टिन्ननुरीको यस चलचित्रमा पंकज कपुरको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्‍मका निर्माता अमन गिलले भनेका छन्, ‘दिवाली वर्षको सबै भन्दा ठुलो चाड हो र जर्सी दर्शकसामु पेश गर्ने यो सबै भन्दा राम्रो मौका हो ।

त्यस समयमा परिवारका सबै जना मिलेर यस यात्रालाई उत्सवको रुपमा मनाउन सक्छन् ।’ टिमले डिसेम्बर २०२० मा छायांकन पुरा गरेको थियो र यसको जानकारी शाहिदले सामाजिक संजालको माध्यमबाट दिएका थिए । उनले कोरोनाको समयमा ४७ दिनको छायांकन रहेको बताएका थिए ।