देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २९ जनाको मृत्यु

देशान्तर

काठमाडौं । नर्वेमा कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ ।

समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो ।

मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।