काठमाडौं । निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि आज सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका छन्। प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनमा लाग्न आग्रह गरिसकेका छन्।
यता, नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड( माधव नेपाल पक्ष चुनावको विरोधमा सडकमा छ।
प्रतिक्रिया