देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

देशान्तर

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै मृत्यु भएको हो ।

खोपको साइड इफेक्ट देखिएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । बाँकी दश जनाको भने खोप लगाएको केही घन्टामा मृत्यु भएको हो । मृत्यु हुने सबै ८० बर्ष उमेर समुहका बृद्धहरु रहेका छन् ।

साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको नर्वेको स्वास्थ्य निकायले जनाएको छ ।

खोप लगाउनेको मृत्य भएको विषयमा नर्वे मेडिसिन एजेन्सीसँग मिलेर अनुसन्धान थालिएको फाइजरले जनाएको छ । नर्वे सरकारले ३० हजार भन्दा बढी जोखिमयुक्त व्यक्तिलाई फाइजर र मोर्डनाको खोपको पहिलो डोज दिइसकेको छ ।

नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनावाट ५ सय १७ जनाको मृत्यु भएको छ ।