देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा लेस्टर दोस्रो स्थानमा

देशान्तर


इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्पटनमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो । जितसँगै लेस्टर प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो ।

उसको ३५ अंक छ भने शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।
घरेलु मैदानमा लेस्टरको जित दिलाउन जेम्स म्याडिसन र हार्भे बार्नेसले एक एक गोल गरेका थिए ।
लेस्टरले ३८ औं मिनेटमा जेम्स म्याडिसनको गोलबाट अग्रता लिएको थियो ।

उक्त गोलबाट पहिलो हाफमा अग्रता बनाएको लेस्टरले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा हार्भे बार्नेसले गोल गरेपछि लेस्टरले स्पष्ट तीन अंक लिन सफल भयो ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा ब्राइटनले लिड्स युनाइटेडमाथि १–० गोल अन्तरले पराजित गरेको थियो । १७ औं मिनेटमा नेल माउपेले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

पराजित भएको लिड्स २३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ, भने विजयी भएको ब्राइटन १७ अंकका साथ १६ औं स्थानमा छ ।

यसैगरी वेस्टह्यामले बर्नले माथि पनि १–० गोल अन्तरको जित दर्ता गरेको छ । वेस्टह्यामका लागि मिचेल एन्टोनियलो नवौं मिनेटमा गरेको गोल नै तीन अंक लिनलाई पर्याप्त बन्यो । विजयी भएको वेस्टह्याम १९ अंकका साथ नवौं स्थानमा छ । यसैगरी पराजित भएको बर्नले भने १६ अंकका साथ तालिकाको सत्रौं स्थानमा छ ।

शनिबार रातिको नतिजा पछि चेल्सी पनि तालिकाको सातौं स्थानमा पुगेको छ । चेल्सीले फुलह्याममाथि १–० गोल अन्तरको जित दर्ता गर्दै तालिकामा स्थान सुधार गरेको हो । चेल्सीको जितमा मेशन माउन्टले ७८ औं मिनेटमा गोल गरेका थिए । यसैगरी वेस्टब्रोमले वुल्भमाथि ३–२ गोलको कठिन जित दर्ता गर्न सफल भयो ।