देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज थप २ सय ४० जनामा कोरोना पुष्टि, ४ सय ७७ मुक्त

देशान्तर

काठमाडौं । बितेको २४ घण्टामा ३ हजार ८ सय १९ को पिसिआर परीक्षण हुँदा २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कुल संक्रमित २ लाख ६७ हजार ६५ पुगेको छ। हालसम्म २० लाख ८ हजार ९ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

त्यसैगरी, ४ सय ७७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६१ हजार ४४ संक्रमण मुक्त भइसकेका छन्। थप ६ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ५४ पुगेको छ।