काठमाडौ – कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक भएकाले मुलुक द्वन्द्वमा फस्दै गएको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज मोरङले शनिबार आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा कोइरालाले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाएका हुन् ।
२०६२ – ०६३ को आन्दोलनमा आफूलगायत नेताहरु काठमाडौंमा जेल परेको बेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले प्रहरीले भनेअनुसार सही गरेर जेल बाहिर निस्किन दिएको सल्लाह सम्झिँदै कोइरालाले भने, ‘मुलुक द्वन्द्वको अँध्यारो टनेलमा फस्दै गएकाले त्यसलाई रोक्न प्रतिनिधिसभा पुनस्स्थापनाका लागि लडौं
प्रधानमन्त्री ओलीले वैशाख १७ गते निर्वाचन गराउन प्रतिनिधिसभा विघटन गरेको हो कि अरु विषय पनि छ भनी मानव अधिकारकर्मी, नागरिक समाज तथा बुद्धिजिवीलाई सोच्न र त्यही अनुसार निर्णय लिएर आन्दोलनमा जुट्न कोइरालाले आग्रह गरे ।
प्रतिक्रिया