देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले प्रदेश(१ लाई २४४ रनको लक्ष्य प्रस्तुत

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश नम्बर एकलाई २ सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । एपीएफका ओपनर आशिफ शेख ५९ रन बनाएर आउट भए । बसन्त रेग्मीले ४०, सन्दीप जोरा ३०, कप्तान शरद भेषवाकरले २०, सुवास खकुरेल र किशोर महतोले समान १९र१९ रन जोडे ।

त्यस्तै सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश एकका फिर्दोश अन्सारी, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुईरदुई विकेट लिए । सोनु मण्डल र जोशव खड्काले एकरएक विकेट लिए ।