देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

देशान्तर

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेका संख्या चार लाख नाघेको छ। गत २४ घण्टाभित्र तीन हजार ४१४ जना संक्रमितको मृत्यु भएसँगै त्यहाँको कूल मृत्यु संख्या चार लाख नाघेको हो। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ७६ हजार २९० पुगेको छ।

गत २४ घण्टामा त्यहाँ थप दुई लाख २३ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ। कूल संक्रमितमध्ये एक करोड ४२ लाख ११ हजार १७ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ सक्रिय संक्रमित हाल ९४ लाख ६३ हजार ८०५ रहेका छन्। गत २४ घण्टामा विश्वभर सात लाख २४ हजार ८५३ जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र १४ हजार २५० जनाले यही संक्रमणका कारण ज्यान गुमाएका छन्।