देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

देशान्तर

काठमाडौं । बाँकेमा कोरोना भाइरस ( कोभिड १९ ) संक्रमणबाट एकजना महिलाको मृत्यु भएका छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।