देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल

देशान्तर

सोल । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल सजाय सुनाइएको छ । सीएनएनका अनुसार कोरियाको उच्च अदालतले पूर्व राष्ट्रपति पार्क ग्युनलाई बिहीबार २० वर्षको जेल सजाय तोक्नुका साथै २१ दशमलब ५ अर्ब वोन जरिवाना गरेको छ ।

समग्रमा उनी २२ वर्षसम्म जेल बस्नेछिन् । सन् २०१६ को संसदीय चुनाव अगाडि उनले पार्टीको उम्मेद्वार नामांकनमा अवैध रूपमा हस्तक्षेप गरेकोमा दोषी पाएपछि उनलाई थप दुईवर्ष जेल सजाय दिइएको हो ।

भ्रष्टाचारको आरोपछि उनलाई सन् २०१७ मा महाभियोग लगाएर पदबाट हटाइएको थियो । सन् २०१३ देखि २०१६ को बीचमा विश्व चर्चित मोबाइल निर्माता कम्पनी सामसुङसहित विभिन्न कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको हो । उनीमाथि शक्तिको दुरुपयोग गरेको पनि आरोप लागेको थियो । एजेन्सी