देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा दोहोरो अंकले बृद्धि

देशान्तर

काठमाडौं – साताको चौथो कारोवार दिन आज बुधबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से आज १८ दसमलव ८१ अंकले बढेर २२ सय ८६ दसमलव ५४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ९७ अंकले बढेर चार सय ३५ दसमलव २५ बिन्दुमा चढेको छ । दुई सय सात वटा कम्पनीहरुको ५० हजार नौ सय ५० पटकको कारोवारमा एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएकाछन । उक्त परिमाणमा सेयर किनबेच हुदा कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुई सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाणिज्य बैंक र होटल समुहको सुचक घटेकाछन भने बाँकी १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये बिकास बैंक समुहको सुचक ३० दसमलव ७९ अंकले बढेर २३ सय ८७ दसमलव छ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ११ दसमलव १५ अंकले बढेर १० हजार छ सय ७६ दसमलव ८१ बिन्दुमा चढेको छ । जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभपलमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ४१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फिनान्सको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ७१ प्रतिसतले घटेर एक सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता १२ सय ६३ रुपैयाँ अन्तिम मुल्यमा २६ करोड ५५ लाख २४ हजार नौ सय ४० रुपैयाँको कारोवार भएको छ ।