देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरसको अनुसन्धानका लागि डब्ल्यूएचओको टिम चीनको वुहान पुग्यो

देशान्तर

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यूएचओ ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।

१० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।

सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण भेटिएको थियो ।