देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

देशान्तर

काठमाण्डौ . सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो

हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ४५ रुपैयाँ छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।